अधिकारका लागि सचेत हुँदै

अधिकार मागेर पाईने चिज होईन भन्ने कुरा आजभोली अधिकाँसले बुझेका छन् । विगत चारपाँच बर्ष अधिको अधिकारको कुरालाई विश्लेषण गर्ने हो भने त्यतीवेलाको भन्दा अहिलेको अधिकारप्रतिको सचेतनामा बृद्र्धी भएको छ तर कतिपय अधिकार बुझेका मानिसहरुवाट बाटै हनन् हुन थालेका छन् ।
यस्ता उदाहरणहरु ग्रामिण ईलाकाहरुमा समेत लागु गरिएका छन् । महिलाहरु माथि भएका अन्याय र अत्याचारहरुका वारेमा कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाउनुपर्छ भन्ने कुरा उठाउनेहरु नै मिलाउनुपर्छ भन्दै दवाव दिने भएकोले अधिकारहरु हनन् भएका छन् ।
यतीवेला दैलेखका महिला नेत्रीहरुले आसन्न चुनावसँगै आफ्ना अडान र मागहरुलाई पनि कडाईका साथ उठाउँदै आएका छन् । सडक संघर्षदेखि राजनीतिक कार्यक्रममा जमात बटुल्दा महिला अग्रसरता चाहिने तर पदीय दायित्व दिंदा महिलाको कार्य क्षमतामा प्रश्न उठाउने दलहरुका संस्कार बिरुद्धमा उत्रने चेतावनी दिएका महिलाहरुले पछिल्ला दिनहरुमा अधिकारका वारेमा सेचत भएको देखिएको छ । नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व गराउँन कञ्जुस्याईं गर्ने राजनीतिक संस्कारको अन्त्य अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार